श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २८ गते मङ्गलबार,११ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको नवमी तिथि २१ः३७ बजेसम्म,उप्रान्त दशमी, नक्षत्र उत्तरफाल्गुनी १४ः४५ बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रोकिएका काम पुनःसुचारु हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आर्दश व्यक्तिसंग कार्य होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारीमा गरिएका कामहरुबाट घाटा लाग्नेछ । रचानात्म काममा लाग्ने समय आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसिक तनाव बढेर जानेछ । विपरित वर्गप्रति आकर्षण बढेर जानेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक रोजगारीको अवसर जुट्नेछ । नयाँ स्थानको रमणीय यात्राहोला । मनोरञ्जनका सामग्रीमा खर्च बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । विद्यार्थी वर्गका लागि आजको दिन उत्तम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा पशुपालन व्यवसायम घाटा हुनेछ । मनमा शान्ति र अनुहारमा पीडा बढेर जाने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैज्ञानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुुट्नपर्नेछ । नयाँ मार्गतर्फ अग्रसर हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्पर्धि बढ्नाले केही चुनौतीहरु देखिने छन् । काममा बाधा पूर्याउनेहरु प्रशस्तै हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक सुविधामा वस्तुहरु जुटाउन सकिनेछ । काममा केहि उलझन हुनसक्छ । यात्राको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति अनुकुल रहेको छ । कुरा काट्नेहरु प्रशस्त भेटिनेछ । सजक रहेर कार्य गर्नू होला । दिन मध्यम छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताले कमजोर भएको अनुभुति हुनेछ । परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ । ध्यान दिएर रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समाजबाट विशेष अवसर प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।