श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २९ गते बुधबार,१२ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको दशमी तिथि १९ः२७ बजेसम्म,उप्रान्त एकादशी, नक्षत्र हस्त १३ः२० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
श्रमजीविहरुको मुल्याङ्कन हुनेछ । आफ्नो कार्यमा लगन शील रहनुहोला । सफलता हात लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यमखालको छ । नोकरी तथा वैदेशिक कार्यमा अपजस खेप्नुपर्ला । महिलामित्रहरुको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा द्विविधा उत्पन्न हुनेदेखिन्छ । लगनशील हुन प्रयत्न गर्नूपर्ला । अध्ययन क्षेत्रको प्रतिफल प्रति सन्तुष्ट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य गरेजस्तो प्रतिफल हात नलाग्दा मन खिन्न रहला । दिनको उत्तरार्धमा अप्रीय समाचार सुन्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त जनबाट माङ्गलिक कार्यको चर्चा चल्नेछ । प्रिय व्यक्तिबाट छुट्नुपर्ला । व्यवसायमा राम्रै होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वाहान तथा सवारी साधनको यात्रामा सजक रहनु होला । इच्छाइएका व्यक्तिहरुबाट धोका हुनसक्छ । दिन मध्यम छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला । समय खराब चलिरहेकोछ । सतर्क रहनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धीका लागि दोहोर्याएर काम गर्नु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो प्रतिफलबाट अरुले फाइदा उठाउन सक्छन् । बेलैमा सजक रहनुहोला । सयम खराब छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई नयाँ अवसर प्राप्त हुनेछ । यात्राको योग छ ।दिन मध्यम छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ समाचारले उत्साह जगाउनेछ । मेहेतले मान–सम्मान दिलाउनेछ । साथिभाईसंग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रशंसकहरु बढ्नेछन् र सानो प्रयत्नले ठुला काम बन्नेछ । उपलब्धी मुलक कार्यहरु सम्पन्न हुनेछन् ।