श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ३१ गते शुक्रबार,१४ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि १५ः५५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती ११ः१६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
दबाव र तनाव बढेको महसुस हुनेछ । सोचेअनुसारको काम नबन्नाले दिक्क लाग्नेछ । काममा ढिलासुस्ती होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छोटो दूरीको रमाइलो यात्रा हुनेछ । विलासी सामग्रीमा धन खर्च हुने देखिन्छ । प्रेममा सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि व्यवसायमा सोचेअनुरूप व्यापार नहोला । आफ्ना दैनिक कारोबारमा समस्या आउला । दिन मध्यम् छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तजनको माङ्गलिक कार्यमा सरिक भइएला । मिष्ठान्न भोजनको अवसर मिल्ला । दिन समग्रमा राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अपरिचित व्यक्तिको सहायताले हराएको धन प्राप्त हुनेछ । तनाव र खुशी बराबर होला । दिन मध्यम्खालको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक अल्झन सुल्झिएर जाला । दिनको उत्तराद्र्धमा अप्रिय समाचार सुन्नु पर्ला । मन अशान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछि फाइदा मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलाग्ने देखिन्छ । यात्राको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । पढाइमा ध्यान जानेछ । अधुरा कामकाजहरू पूरा हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा गर्ने अवसर जुट्नेछ । अधुरा कामकाजहरू पूरा हुनेछन् । साथीभाइस“ग भेटघाट हुनेछ । समय उत्तम छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा सफलता मिल्नेछ । अधुरा काम बन्नेछन् । आलोचकहरूबाट टाढा रहनु बेस हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ कार्यको थालनी हुनेछ । पारिवारिक जमघट हुुनेछ । प्रशंसकहरू बढेर जानेछन् । यात्रा फलदायी होला ।