पपस्टार साकिरालाई १४.५ मिलियन युरो कर छलीको आरोप लागेको छ ।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ । कर नतिरेको आरोप लागे पनि स्पेनी मिडियाहरूमा भने साकिराले कर तिरेको आफ्नो समाचारमा जनाएका छन् ।

अदालत जाने क्रममा साकिरा पत्रकारहरूबाट छलिन ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएकी छन् । उनी स्पेनी फुटबलर जेराड पिङ्ककी विवाहिता पत्नीसमेत हुन् ।