धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् ।

अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक विभिन्न पदीय जिम्मेवारीहरु वहन गर्नुका साथै पेशागत संगठनको समेत नेतृत्व गर्दै प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, अध्ययनरत विद्यार्थी र विरामी वर्गहरुको हितमा तामाङले गरेको योगदानलाई प्रतिष्ठान परिवारले सदा स्मरण गरिरहने बताए ।
तामाङले चौविसै घण्टा धरान र धरानवासीको सेवामा आफुलाई समर्पण गर्न धराने जनताको इच्छा र भावनाको कदर गर्दै जागिर छोडेर धराने जनतासामु आएको प्रतिक्रिया दिए ।

उनले नेपाली कांग्रेस पार्टीमा मेयर पदका लागि आफु सशक्त दावेदार रहेको बताए । उम्मेदवारी र निर्वाचनको तयारीका लागि वेलैमा जागिरवाट अवकाश लिएको समेत उनले खुलाए । ‘पार्टीको सबै नेताहरुसँग छलफल अन्र्तक्रिया गरेर आफु धरानको नेतृत्व लिन गाजिरबाट अवकास लिने निर्णयमा पुगेको हु ।’–तामाङले भने ।

२२ बर्ष ४ महिना १३ दिन जागिर
उनी प्रतिष्ठानको विभिन्न शाखाहरुमा रहेर २२ बर्ष ४ महिना १३ दिने सेवा गरेका छन् ।
धरानमा कुशल, योग्य र सक्षम साझा नेताको खोजी भईरहेको अवस्थामा आफुले धरानमा भ्रष्टाचार विरोधी, विकासप्रेमी, जनपक्षीय, गतिशील र लोकप्रिय यूवा नेताको छवि बनाउन सफल भएको बताउंदै धरानको राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो पूर्णकालीन आगमनले धरानवासीमा सकरात्मक सन्देश जाने उनले दावी गरे ।

नरम स्वाभावका इमान्दार नेता
उनी २०४६ सालदेखि विद्यार्थी मोर्चामा सामेल हुदैं २०५३ देखि नेपाली काङग्रेसमा सकृय राजनीतिमा लागेका थिए । क्षेत्रीय सदस्य सहसचिव, कोषाध्यक्ष, सचिव हुदैं २०७१ सालमा जिल्ला सदस्य, सचिव एंव प्रवक्तको भूमीकामा रहेका थिए । १२ औं महाधिबेशनमा महाधिबेशन प्रतिनीधि र १३ महाधिबेशनमा तामाङ महासमिति सदस्य रहेका थिए । उनी नेपाली काङ्ग्रेसमा नरम स्वभावका इमान्दार नेताका रुपमा परिचय बनाएका छन् ।

धरानमा चुनावको आन्तरिक तयारी : नेकपा एक्लै भिड्ने, काङ्ग्रेस गठबन्धनमा