धरान  / धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा आज माहिलाहरुले नाचेर तीज मनाएका छन् । रातो सारीमा सजिएका महिलाहरुले दिनभरी नाचेर तीज मनाए ।

tij सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार ब्रत बसेर महादेवलाई पतिकोरुपमा पाएकी थिइन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाए जस्तै आजको दिनमा व्रत बस्दा राम्रो पति पाउने र मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेको भनाई रहेको छ ।

धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत देशभरको शिवालयहरुमा ब्रतालु महिलाहरुले रमाइलो गरेर तीज मनाएका छन् । उनीहरुले महादेवलाई जल चढाएर आर्शिवातसमेत मागे ।

tij2
पिण्डेश्वर बाबाधाम समितिले राखेको नाचगान तथा मनोरञ्जन गर्ने कार्यक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारीको पनि उपस्थिति रहेको थियो ।
धरानको गीता मन्दिरमा पनि दिदीबहिनी समावेशी समुहले पनि तीज बिशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरियो । प्रदेश सभा सदस्य उमिता बराइलीसमेत नाचगानमा सहभागी थिइन ।

tij1