काठमाडौं  / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन सुझाव दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भरखरै बसेको नेकपाको आकष्मिक सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिने सुभाmएको हो ।
सभामुख महराले गम्भीर आरोप लागिसकेको अवस्थामा सभामुख र प्रतिनिधि सभा सदस्य दुवैबाट राजीनामा दिएर अनुसन्धान र छानविनमा सघाउन बैठकले सुझाएको एक नेताले जानकारी दिए ।

महरालाई सांसद सचिवालयमा काम गनेृ एक महिलाले यौन दुराचार गरेको आरोप आइतबार लगाएकी थिइन । यस्तो गम्भीर आरोप लागे पछि उनले नेकपाका दुवै अध्यक्षहरुलाई भेटेर परामर्श गरेका थिए ।
सोमबार राति महराका प्रेस संयोजक डिल्ली मल्लले विज्ञप्ति जारु िगरेर आरोपमा कुनै सत्यता नरहेको बताए पनि उच्च पदका महराले ती महिलासँग गरेका फोन र म्यासेज सम्बाद सार्वजनिक भएपछि महरा अफ्ठेरोमा परेका छन् ।
सम्भवत अव महराले आजै राजिनाम गर्नेछन् ।
काङ्ग्रेसलाई सजिलो
सभामुखबाट महराले राजीनामा दिएपछि कांग्रेसले उठाउदैं आएको एउटै पार्टीको सभामुख र उपसभा हुन नहुने मुद्धामा सजिलो हुने छ । यो विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। कांग्रेसले सभामुख(उपसभामुख फरक फरक दलको हुनुपर्ने मुद्दा उठाइरहेका बेला सभामुख पद खाली हुने भएको छ।
यो अवस्थामा सभामुख नेपाली काङ्ग्रेसले दावी गर्दा नेकपालाई झनै अप्ठयारो पर्ने छ । दुई तिहाई बहुमतको सरकारमा सभामुख प्रतिपक्ष दलबाट हुने भयो भने नेकपालाई कानुन निर्माण तथा संस्दमा अनुकुल निर्णय गर्न सभामुखबाट अवरोध हुने सम्भावना बढि हुन्छ ।

यस्ताे छ संवैधानिक व्यवस्था
नेपालको संविधान २०७२ को धारा ९१ ९२० मा ‘प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक/फरक दलको प्रतिनिधि हुनुपर्ने  भनिएको छ । तर अहिलेसम्म सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फे सत्तारुढ नेकपाका सांसद हुन्। महरा २०७४ फागुन २५ गते प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरि शिवमाया तुम्बाहाम्फे २०७४ चैत २ गते उपसभामुखमा निर्वाचित भएकी थिइन्। पार्टी एक भएपछि समस्या सभामुखमा निर्वाचित हुँदा महरा नेकपा माओवादी केन्द्रमा थिए। उता उपसभामुखमा निर्वाचित तुम्बाहाम्फे नेकपा एमाले थिइन्। यी दुई दलले २०७४ को आमनिर्वाचनमा गठबन्धन गरेका थिए। २०७५ जेठ २३ गते दुई पार्टी एक भएर नेकपा बनेसँगै कांग्रेसले एकै पार्टीबाट सभामुख / उपसभामुख हुन नहुने अडा राख्दै आएको छ।

प्रदेशमा पनि एउटै पाटीकाे सभामुख उपसभामुख
संवैधानिक व्यवस्था एउटा भए पनि प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ का प्रदेशसभाका सभामुख र उपसभामुख एकै दलका छन्। प्रदेश २ मा सभामुख राजपाका र उपसभामुख संघीय समाजवादी फोरमबाट छन्। प्रतिनिधि सभामा