श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०,वि. सं. २०७६ साल कार्तिक १८ गते सोमबार, ०४ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको अष्टमी तिथि (अहोरात्र), उप्रान्त अष्टमी, नक्षत्र श्रवण २३ः५३, उप्रान्त धनिष्ठा । चन्द्रमाराशि मकर, सूर्योदय ६ः१७ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भयएला । बिछोडिएका साथीभाइसित भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । अरूको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।