श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०,वि. सं. २०७६ साल कार्तिक १९ गते मङ्गलबार, ०५ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको अष्टमी तिथि ६ः३० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र धनिष्ठा (अहोरात्र), उप्रान्त धनिष्ठा । चन्द्रमाराशि मकर, सूर्योदय ६ः१८ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य मार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कामको चर्चा चल्नेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा मन जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा स्फुर्ति र मनमा शान्ति छाउला । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । अरूको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यिक कार्यक्रममा संलग्न भइएला ।मातृपक्षको सहयोग मिल्ला । परिवारमा खुशीयाली छाउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । लाभदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।