श्री शालिवाहनीय शाके १९४१,ने. सं. ११३९, वि.सं.२०७६ साल कार्तिक २१ गते बिहीबार, ७ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको दशमी तिथि १०ः१० बजेसम्म उप्रान्त एकादशी, नक्षत्र शतभिषा १०ः३२ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः१९ र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सोचेभन्दा राम्रो आम्दानी होला । बन्धुहरूबाट विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला र गलाको प्रभाव बढ्नेछ । आफ्नो कार्य क्ष्ँेत्रमा प्रभुत्व जमाउन सकिएला । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्ष्ँेत्रमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मुद्दा मामिलामा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।श्रमको उचित मूल्याङ्कन पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन, चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन पाठन तथा लेखनकार्यमा मन जानेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । मन प्रसन्न बन्नेछ ।