श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २४ गते आइतबार, १० नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि १६ः२० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र रेवती १८ः०७, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ६ः२१ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । आफन्तको विशेष सहयोग प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । परिवारमा खुशीयाली छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दिन उत्तम छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भयएला । वैदेशिक यात्राको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विद्या र वृद्धिको विकास हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । शुभसमाचार सुन्न पाइएला ।