श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल कार्तिक २५ गते सोमबार, ११ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि १७ः५५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र अश्विनी  २२ः११, उप्रान्त भरणि । चन्द्रमाराशि मेष, सूर्योदय ६ः२२ र सूर्यास्त ५ः१२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
काम गर्ने जोश जा“गर र हिम्मत बढ्ला । अवरोध रहेका कामहरू सुचारु हुनेछन् । अतिथि सेवाको अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दामामिलामा तपाईंको विजय होला । सरकारी क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा विध्न होला । दिन सामान्य छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा द्विविधा उत्पन्न होला । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । मायाप्रेमको सम्बन्ध विस्तार हुनेछ । पारिवारिक जीवन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन बित्ला ।