श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ मङ्सिर ०५ गते बिहीबार, २१ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको नवमी तिथि ९ः१४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वफाल्गुनी १७ः२२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी चन्द्रमाराशि सिंह, सूर्योदय ६ः३० र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । आफ्नो सोचेअनुसारको काम नहुनाले मन चिन्तित रहला । दिन सामान्य रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । आफन्तको सहयोग प्राप्त भइरहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइरहला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमआलको छ । विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध कामकाज सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । लाभदायी यात्रामा सरिक भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।