श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ०७ गते शनिबार, २३ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको द्वादशी तिथि २३ः२५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता १४ः०४, उप्रान्त चित्रा । चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३२ र सूर्यास्त ५ः०७ बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । रमाइलोमा दिन बित्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । तार्किक क्षमता तथा बोलीको प्रभावले अरूको मन जित्न सफल भइएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । आर्थिक क्षेत्र सबल बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेट होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सफलता मिल्ला । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला । समा सेवामा मन जाला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ कार्यको चर्चा चल्नेछ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । काम गर्ने जा“गर र हिम्मत बढ्ला । यात्रा सफल हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्र–मिलनको योग छ । शुभकार्यको चर्चा चल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । विवाह ब्रतबन्धजस्ता कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।