श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ०८ गते आइतबार, २४ नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको त्रयोदशी तिथि २३ः२५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र चित्रा १२ः३४, उप्रान्त स्वाती । चन्द्रमाराशि तुला, सूर्योदय ६ः३२ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा धन खर्च होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अनावश्यक झन्झट आइपर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधन को प्रयोगमा सावधान हुनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । रमणीय स्थानको फलदायी भ्रमण हुने यो परेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद होला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।