श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर १६ गते सोमबार, ०२ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको षष्ठी तिथि २१ः३२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र श्रवण १३ः१३ बजेसम्म, उप्रान्त धनिष्ठा । चन्द्रमाराशि मकर, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः०६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।वैदेशिक यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ ।अनावश्यक काममा ठुलै धनराशि खर्च होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । दिनको उत्तरार्धतिर शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका आफन्तसित भेटहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा तत्जन्य कार्यव्यवसायमा मन जानेछ । सानो कामबाट ठुलै धन राशी आर्जन गर्न सफल भइएला ।