श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर १८ गते बुधबार, ०४ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको अष्टमी तिथि २३ः१७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र शतभिषा १७ः४४ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा । चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कार्य व्यवसायमा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । सेवामूलक कार्यक्रममा संलग्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । आम्दानीका स्रोत पत्ता लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन चा“दी तथा तत्जन्य कार्य, व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । महिला मित्रको विशेष सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ वस्त्र तथा अलङ्कार प्रँप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।मन प्रसन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नोकरीमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभ हुनेछ । नयाँ कार्य व्यवसायमा मन जानेछ । साथीभाइको विशेष सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।