श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल मङ्सिर २० गते शुक्रबार, ०६ डिसेम्बर २०१९ । मङ्सिर शुक्लपक्षको दशमी तिथि २३ः१७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरभाद्रपदा २२ः५६ बजेसम्म, उप्रान्त रेवती । चन्द्रमाराशि मीन, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । दिनको उत्तराद्र्धतिर शुभ छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्  । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न । साथीभाइसित रमाइलो भेटघाट र खानपिन होला ।          

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने जोश, जाँगर र हिम्मत बढ्नेछ । धर्म–कर्म तथा समाज सेवामा मन जाला । शुभसमाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । महत्वपूर्ण काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
समय मध्यम्खालको छ । स्वास्थ्यमा केही समस्या आइपर्न सक्छ । नसोचेको ठाउ“मा ठूलै धनराशि खर्च होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटधाट एवम् खानपिन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।