देउराली । हातेमालो महिला समुह धरानले निःशुल्क ३० दिने गुडिया बनाउने तालिमको आयोजना गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोगमा समुहले वडा भित्र रहेका महिलाहरुलाई आत्मार्निभर बनाउन  ३० दिने निःशुल्क गुडिया बनाउने तालिम आयोजना गरेको हो ।

तालिममा १५ महिला सहभागी हुने समुहकी अध्यक्ष लिला ढकालले जानकारी दिइन् । उनले आर्थिक अवस्था कमजोर भएका विपन्न, एकल तथा विभिन्न कारणले पछि परेका महिलाहरुलाई सीप सिकाई व्यावसायिक बनाउन  तालिमको आयोजना गरिएको बताएकी छिन् ।

संस्थाले यसअघि कृष्टलका सामाग्री बानाउने तालिम प्रदान गरेको थियो । तालिममा कपडाका विभिन्न प्रकारका गुडिया बनाउन सिकाइने छ । सहभागी महिलाहरुलाई संस्थाकी सदस्य कल्पना कडेलले प्रशिक्षण दिनेछिन ।

तालिमको उत्घाटन धरान उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष नरेस इवारमले गरेका थिए ।