ब्लाष्टखबर । गयराती धनुषामा भएको बम विष्फोटमा घाइते भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

death-body

घाइते भएका दहालाई धनुषाबाट प्रारम्भीक उपचार गरेर थप उपचारकालागी धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो । काठमाण्डौ जोरपाटी घर भएका उनको प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जिल्लाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक रहेको राजेश साहको घरमा मध्यराती विष्फोट हुँदा साह र उनको छोरा आनन्दको मृत्यु भएको थियो ।घटनाका साहका १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश सहित प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएकामा निरिक्षक दहालको मृत्यु भएको छ । दहाल संगै घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 

 

 

ghaite ghaite2