श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैष ०१ गते मङ्गलबार, १७ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको षष्ठी तिथि २३ः४८ बजेसम्म, उप्रान्त सम्तमी, नक्षत्र मघा २३ः३७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । सानो कामबाट ठूलै उपलब्धि हुनेछ । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक यात्राको योग छ । नजिकका व्यक्तिहरूबाट विशेष सहयोग मिल्ला । काम गर्ने जा“गर बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।