श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैँष ०२ गते बुधबार, १८ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको सप्तमी तिथि २३ः४८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वाफाल्गुनी २३ः३७ बजेसम्म, उप्रान्त उत्तराफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५० र सूर्यास्त ५ः१० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य व्यवसायमा सफलता मिल्ला । मातृपक्षको विशेष सहयोग मिल्नेछ । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । अनावश्यक काममा ठूलै धनराशि खर्च होला । अरूको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । परिवारमा खुशीयाली छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्नेछ । रमाइलोमा दिन बित्ला ।