श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैँष ०३ गते बिहीबार, १९ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको अष्टमी तिथि २२ः०८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तराफाल्गुनी २३ः५१ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५० र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्नेछ । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । कार्य व्यसायमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको विशेष स्थान रहला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने र हिम्मत बढ्नेछ । विपरीत लिङ्गीप्रति आकर्षित भइएला । रमणीय स्थानको भ्रमण होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईको विजय होला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । सानो कामबाट ठूलै उपलब्धि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । अरूको काममा बढी समय दिनु पर्ला ।