श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैँष ०४ गते शुक्रबार, २० डिसेम्बर २०१९ । पौष कृष्णपक्षको नवमी तिथि १९ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र हस्ता २२ः१३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५० र सूर्यास्त ५ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्नलागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । सजिलै अरूको मन जित्न सकिएला । नया“ कार्य व्यवसायको शुभारम्भ होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
रमणीय स्थानको भ्रमण गर्ते अवसर मिल्ला । कार्य व्यवसायमा सफलता मिल्ला । धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । कार्य व्यवसायमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको विशेष स्थान रहला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने र हिम्मत बढ्नेछ । विपरीतलिङ्गीप्रति आकर्षित भइएला । रमणीय स्थानको भ्रमण होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
खेलकुद तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईको विजय होला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । सानो कामबाट ठूलै उपलब्धि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय समामान्यखालको छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।