श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पँैष ०५ गते शनिबार, २१ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको दशमी तिथि १७ः३४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा २०ः४१ जेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः११ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । रोकिएका अधुरा कामकाज सुचारु हुनेछन् । धन आर्जनको नया“ स्रोत मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो यात्राको अवसर मिल्ला । दैनिक कार्य व्यवसायमा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । नया“ ज्ञान सिक्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । प्राविधिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य–व्यवसायमा सफलता मिल्ला । मातृपक्षको विशेष सहयोग मिल्नेछ । रमणीय स्थानको भ्रमण होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नया कार्य व्यवसायको शुभारम्भ होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । परिवारमा नया“ सदस्यको आगमन होला ।