श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पँैष ०८ गते मङ्गलबार, २४ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको त्रयोदशी तिथि १२ः२६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अनुराधा १७ः२३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ  । कार्य व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीसित भेट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । बहुमूल्य वस्तु प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ  । मनमा लागेका इच्छा आकांक्षा पूरा हुनेछन् । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्ला । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा, सत्कार गर्ने अवसर प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।