श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पाैंष १० गते बिहीबार, २६ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको औंसी तिथि १०ः३५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल १७ः१८ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । अरूको काममा समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । वैदेशिक कार्यमा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको राम्रो प्रभावले धेरै कामकाजहरू बन्नेछन् । वैदेशिक यात्राको अवसर मिल्ला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा सहजता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा सफल भइएला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट होला । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।