श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष ११ गते शुक्रबार, २७ डिसेम्बर २०१९ । पौष शुक्लपक्षको प्रतिपदा तिथि १०ः२७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा १७ः५४ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः१५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित रमाइलो भेट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ आफन्तको सहयोग प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । काम गर्ने जा“गर र हिम्मत हराउनेछ । अनावश्यक काममा ठूलै धनराशि खर्च होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । आर्थिक क्षेत्र सफल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।