श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पाैस १२ गते शनिबार, २८ डिसेम्बर २०१९ । पौष शुक्लपक्षको द्वितीया तिथि १०ः५१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तराषाढा १९ः०० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः१५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आँटे ताकेका कामकाज पूरा हुनेछन् । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला  । नोकरी र सामाजिक क्षेत्रमा मन जानेछ । अवरुद्ध काम सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा नसासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक कामको झन्झट आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्ला । सोचेअनुसार काम नबन्नाले दिक्क लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।