श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष १३ गते आइतबार, २९ डिसेम्बर २०१९ । पौष शुक्लपक्षको तृतीया तिथि ११ः४६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र श्रवण २०ः३५ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा सहित्यको क्षेत्रमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । साथीभाइको सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ कार्यको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नयाँ कार्य वा व्यवसायको शुभारम्भ हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्राको अवसर प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।