श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष १५ गते मङ्गलबार, ३१ डिसेम्बर २०१९ । पौष शुक्लपक्षको पञ्चमी तिथि १४ः५६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र शतभिषा २३ः५७ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः१७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कामको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्नेछ । आरम्भ गरेको काममा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सम्पादनमा सहजता मिल्नेछ । परिक्षा आदि प्रतिस्पर्धामा सफलता मिल्ला । राजनैतिक क्षेत्रमा उच्च स्थान रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीसित भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु ुहुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उक्तमखालको छ । जागीरुमा बढुवा तथा स्थानान्तरण होला । सेवामुलक कार्यक्रममा संलग्न भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्किक यात्राको योगछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट होला । मिष्ठान्न भोजन प्राप्त हुने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यकान्य व्यक्तिहरुसित भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा केहि समस्या आइपर्नसक्छ । बन्नलागेको काममा विध्न बाधा आइपर्ला । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रहरुबाट विशेष सहयोग मिलला । मायाप्रेमको सम्बन्ध विस्तार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधिकार प्राप्तिका लागि निकै संधर्ष गर्नु पर्ला । बन्न लागेको काममा अवरोध हुनेछ । आर्थिक संकटको सामाना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ कार्यको चर्चा चल्नेछ ।