श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष १६ गते बुधबार, ०१ जनवरी २०२० । पौष शुक्लपक्षको षष्ठी तिथि १६ः५६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वभाद्रपदा २३ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । सेवामूलक कार्य गरिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । विपरीत लिङ्गीप्रति आकर्षित भइएला । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । प्रेम र मित्रताको बन्धन कसिएला । वैदेशिक यात्राको अवसर मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।