श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पाैष १७ गते बिहीबार, ०२ जनवरी २०२० । पौष शुक्लपक्षको सप्तमी तिथि १९ः१० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरभाद्रपदा २३ः५७ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अम्दानीका स्रोतहरू बढ्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मातृपक्षको सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला र काममा बाधा आइपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । यात्रा सफल हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शरीर अस्वस्थ रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलोमा दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बन्धुजनबाट सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन होला । पौरख देखाएर अरूको मन लोभ्याउन सकिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।