श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष १८ गते शुक्रबार, ०३ जनवरी २०२० । पौष शुक्लपक्षको अष्टमी तिथि २१ः१८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र रेवती २३ः५७ (अहोरात्र) बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मिन, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) दैनिक कार्य व्यवसायमा मन जानेछ । मनमा लागेको इच्छा आकाङ्क्षा पुराहुनेछन् । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय उत्तमखालको छ । राज्य पक्षबाट मान सम्मान मिल्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला तथा साहित्यको क्षेत्रमा मनजानेछ । रमणीय सथानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, नाम र इज्जत बमाउने बेला छ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला । न्यायिक कार्यमा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शुभसमाचार सुन्न पाइएला । रोकिएका अधुरा कामकाज सुचारु हुनेछन् । नपत्याएका व्यक्तिहरूको उचित सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । व्यापार व्यवसायमा सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उत्तमखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सखस्यका आगमन होला । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।