आजको राशिफल श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पौष १९ गते शनिबार, ०४ जनवरी २०२० । पौष शुक्लपक्षको नवमी तिथि २३ः१३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रेवती ०८ः३८ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभ कार्यको चर्चा चल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । परिवारमा नया सदस्यको आगमन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । बन्न लागेको काममा बाधा आइपर्न सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कला तथा साहित्यको क्षेत्रमा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समय सामान्यखालको छ । शिर तथा आखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । कार्य–व्यवसायमा सफलता मिल्ला ।रमणीय स्थानको भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । नया कार्य–व्यवसायको शुभारम्भ हुनेछ । राजनैतिकनिकायमा तपाईको उच्च स्थान रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक काममा सक्रिय भइएला ।