श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल पाैष २० गते आइतबार, ०५ जनवरी २०२० । पौष शुक्लपक्षको दशमी तिथि २३ः१३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्विनी १०ः५१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मुद्दा–मामिलामा तपार्इंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । सामाजिक क्षेत्रमा सफलता मिल्ला । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मुद्दा–मामिलामा तपार्इंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपार्इंको उच्च स्थान रहला ।