श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २३ गते बुधबार, ०८ जनवरी २०२० । पौष शुक्लपक्षको त्रयोदशी तिथि २३ः१३ बजेसम्म, उप्रान्त चतुर्दथी, नक्षत्र रोहिणी १४ः५९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन आर्जनका नयाँ नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रका काममा सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ ।चोटपटक तथा दुर्घटनाको भय हुनेछ । सवारी साधानको प्रयोगमा विशेष सावधान हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ कार्यका चर्चाचल्नेछ । व्यापार व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । सामान हराउने वा चोरी हुने सम्भावना रहला । साझेदारीका काममा बाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्ति सित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।