श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २४ गते बिहीबार, ०९ जनवरी २०२० । पौष शुक्लपक्षको चतुर्दशी तिथि २३ः१३ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मृगशिरा १५ः२३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मित्रताको बन्धन कसिएला । दाम्पत्य जीवन सुखमय बित्ला  ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । बन्न लागेको काममा समस्या आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्नेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । दिन उत्तम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । आर्थिक क्षेत्रमा सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कुनै समान हराउने वा चोरी हुनेछ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । मातृपक्षको सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्चस्थान रहला । शुभसमाचार सुन्न पाइएला ।