श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पाैँष २६ गते शनिबार, ११ जनवरी २०२० । पौँष शुक्लपक्षको प्रतिपदा तिथि २३ः५७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुनर्वशु १४ः४७ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमाइलोमा दिन बित्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु होलान् । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा कुनै धार्मिक कार्यक्रमको आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य–व्यवसायमा सफलता मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला । वैदेशिक यात्राको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । सानो काममा ठूलै धनराशि खर्च हुनसक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका साथीभाइबाट उचित सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मेवा मिष्ठान्न खाने कार्यक्रममा सहभागी भइएला । धार्मिक यात्राको योग छ ।