श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २७ गते आइतबार, १२ जनवरी २०२० । पौष शुक्लपक्षको द्वितीया तिथि २२ः१७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र तिष्य १३ः५४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेटहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध कामकाज सुचारु हुनेछन् । महिला मित्रको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभसमाचार सुन्न पाइएला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना भइएला । भ्रमण गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । रमाइलोमा दिन बित्ला ।