श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पँैष २८ गते सोमबार, १३ जनवरी २०२० । माघ कृष्णपक्षको तृतीया तिथि २०ः१९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्लेषा १३ः४३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रानीतिमा उच्च स्थान रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । लाभदायी यात्राको अवसर मिल्ला । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जगाउन सकिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । शुभसमाचारले मन प्रसन्न रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।