श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०१ गते बुधबार, १५ जनवरी २०२० । माघ कृष्णपक्षको पञ्चमी तिथि १५ः५१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वफाल्गुनी ०९ः४२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय उत्तमखालको छ । धार्मिक तथा समाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला
। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्रामा अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कृषि तथा तन्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्ला । दिनको उत्तराद्र्धतिर शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । रमाइलोमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला ।