श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०२ गते बिहीबार, १६ जनवरी २०२० । माघ कृष्णपक्षको षष्ठी तिथि १३ः२९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तराफाल्गुनी ०८ः०२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कला तथा साहित्यको क्षेत्रमा जानेछ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय सामान्यखालको छ । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्ला । माङ्गलिक कार्यमा संलग्न भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्नु पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । लाभदायी यात्रामा सरिक भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्न पाइएला ।