श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०३ गते शुक्रबार, १७ जनवरी २०२० । माघ कृष्णपक्षको सप्तमी तिथि ११ः०९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र चित्रा २३ः४८ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः३० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक तथा सामाजिक कार्यक्रमम संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय मध्यमखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरूको काममा समय दिनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । शरीरमा स्फूर्ति र उमङ्ग छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन हर्षित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिर तथा आ“खासम्बन्धी समस्या आइपर्न सक्छ । आर्थिक सङ्कट आइपर्ला । अशुभ समाचारले मन खिन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।