श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०५ गते आइतबार, १९ जनवरी २०२० । माघ कृष्णपक्षको दशमी तिथि २३ः०८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र विशाखा २३ः४८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः३२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभ कार्यको चर्चा चल्नेछ । महिला मित्रहरूबाट विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथिको सेवा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन चिन्तनमा भन्दा खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ कार्यको चर्चा चल्नेछ । महिला मित्रहरूबाट विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण सुनेछ । शुभसमाचारले मन प्रसन्न होल ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठन्न भोजन प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईंको उच्च स्थान रहला  । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । लाभदायी यात्राको योग रहेको छ ।