श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०८ गते बुधबार, २२ जनवरी २०२० । माघ कृष्णपक्षको त्रयोदशी तिथि २३ः०८ बजेसम्म, उप्रान्त चतृर्दशी, नक्षत्र मुल, २३ः४८ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ श्रोतहरु पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन वित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन कार्य व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधन हुनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ कार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्रमा सोचेभन्दा राम्रो सफलता मिल्ला । सेवामुलक कार्यक्रममा संलग्न भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसरहरु जुटाउनेछ । आफ्नो कार्यक्षेत्रमा प्रमुख जमाउन सकिएला । रमाइलोमा दिन बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन हर्ष र उम· छाउला । प्रेम र मित्रताको बन्धन कसिने छ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाईसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।