श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०९ गते बिहीबार, २३ जनवरी २०२० । माघ कृष्णपक्षको चतृर्दशी तिथि २३ः०८ बजेसम्म, उप्रान्त औसी, नक्षत्र पूर्वषाढा, २३ः४८ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५६ र सूर्यास्त ५ः३६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय सामान्यखालको छ । शिर तथा आखा सम्बन्धी समस्याले निकै सताउला । पारिवारिक जीवनमा मनमुटाव होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खेकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाईसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुनचा“दी तथा तत्जन्य कार्यव्यवसायमा मन जानेछ ।मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धर्म कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुचि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणिय स्थानको भ्रमण हुनछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।