उर्लाबारी । नेपाल सरकार खानेपानी मन्त्रालयले आगामी दश वर्षमा सबै नेपालीलाई स्वस्थ्य पानी दिलाउने योजनालाई सफल पार्न उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सक्रिय बनेको छ ।
संस्थाले आगामी दुई वर्षमा नगरका ६ वटा वडाका ६२ हजार ६ सय ९६ नागरिकलाई स्वच्छ पानी पिउने कार्यका लागि बिजनेश प्लान २०२२ निर्माण गरेको कार्यालय प्रमुख राजु बुढाथोकीले बताए । सो प्लानमा नगरका १, ४, ५,६,७, र ८ नंं. वडाकोका ६२ हजार ६ सय ९६ जना नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उल्लेख गरिएको छ । संस्थामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रदेश नंं. १ विराटनगर र संस्था बिच दोस्रो सहलगानी कार्यक्रम अन्तर्गत थप दुई ओभरहेड ट्याङ्की निर्माण गर्ने सम्झौतामा दस्तखत भएको हो ।

आगामी दुई वर्ष भित्रमा निर्माण पूरा गरी सक्नुपर्ने उक्त आयोजनामा आयोजनाको तर्फबाट डिभीजन इन्जिनियर स्रोतलाल चौधरी र संस्थाको तर्फबाट अध्यक्ष भूपाल जिमीले संयुक्त दस्तखत गरी निर्माण प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख बुढाथोकीले बताएका छन् ।

नयाँ आयोजना निर्माणको लागि नगरको १ नं. वडामा ५२ लाख मूल्य बराबरको ५ कठ्ठा ४ धुर जग्गा निःशुल्क स्थानीय दाताहरूबाट प्राप्त भएको र ८ नं.वडामा सोही परिमाणको जग्गा प्राप्तका लागि स्थानीय ९ जना जग्गादाताले टेण्डर हालेकाले खरिद हुने प्रक्रियमा रहेको संस्थामा सचिव तथा जग्गा खरिद उपसमितिका सचिव चिन्तामणी पौडेलले बताएका छन् । नया“ आयोजना अन्तर्गत नगरको वडा नं.–१ मा २ लाख ५० हजार लिटर क्षमता तथा वडा नंं.–८ मा ४ लाख ५० हजार लिटर क्षमता भएका दुईवटा ओभरहेड ट्याङ्की तथा ७५ किमि पाइप लाइन निर्माण सहित अन्य आवश्यक सामग्रीको लागि संस्थाको ३० प्रतिशत तथा विभागको ७० प्रतिशत लागतसहित ३४ करोड ९४ लाख २३ हजार २३ रुपैया“मा निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सो संस्थाका अध्यक्ष भूपालसिं जिमीले तीव्रगतिमा शहरीकरणतर्फ उन्मुख हुँदै गरेको नगरको विकाससँगै नगरबासीलाई स्वस्थ पानी प्रदान गर्न विभिन्न चुनौतीहरूलाई चिर्दै थप हुने दुईवटा आयोजनाले आगामी दुई वर्षमा निर्माण पूरा गरी गुणस्तरीय पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । हाल दुईवटा ओभर हेड् ट्याङ्कीबाट नगरका ५ वटा वडामा ४ हजार धारा जडान गरी पानी वितरण हुँदै आएको छ । सो संस्थाले उर्लाबारी–६ मा २०५२ साल देखि स्थानीय राधिका माध्यमिक विद्यालयबाट अनुदानमा प्राप्त गरेको १० कठ्ठा जग्गामा चौथो ग्रामीण खानेपानी आयोजना अन्तर्गत १५ प्रतिशत उपभोक्ता तथा ८५ प्रतिशत सरकारी अनुदानमा ४ लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरी दुई दशक अघि देखि पानी वितरण शुरु गरेको हो ।

बढ्दो शहरीकरणसँगै उपभोक्ताको पानीको मागलाई पूर्ति गर्न उर्लाबारी–६ को सूर्य चौकमा सो संस्थाका सचिव समेत रहेको चिन्तामणी पौडेलले (हालको मूल्यमा ६० लाख) निःशुल्क प्रदान गरेको ३ कठ्ठा जग्गामा संस्थाले २ कठ्ठा थप गरी विभागको प्रथम सहलगानी कार्यक्रम अन्तर्गत करिब १६ करोडको लागतमा आवश्यक भौतिक पूर्वाधारसहित ४ लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरी हाल दुईवटा ट्याङ्कीबाट पानी वितरण गर्दै आएको छ ।

यस बाहेक उर्लाबारीको मङ्गलबारेमा मङ्गलबारे खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पनि नगरको ३ नं. वडामा पिउने पानी आंशिक रूपमा वितराण गर्दै आएको छ भने नगरको ९ नं. वडामा राजघाट खानेपानी आयोजना निर्माणको प्रक्रियामा रहेको छ । उता उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरमा नया“ आयोजना सञ्चालन गर्नु अत्यन्तै सकारात्मक कार्य भएको बताउँदै स्वच्छ पिउने पानी आम नगरबासीको घरमा पु¥याउने नगरपालिकाले पनि आवश्यकता अनुसारका सहयोग पु¥याउने बताएका छन् । नगरमा हाल ३ वटा खानेपानी संस्थाले पानी वितरण गरिरहेका छन् भने एउटा आयोजना निर्माणधीन तथा दुई आयोजना थप निर्माण हुने भएका छन् ।