धरान / आज फागुन १० गते शनिबार धरान १० के रन आठौँ नेवाच्यारेटी २०७६ मा देश विदेशका ४ हजार धावकहरू दाैडिएका छन । विहान ७:३० बजे देखि शुरु भएकाे  अन्तराष्ट्रिय मान्यता अनुसार यसवर्षबाट १० किलोमिटर दौड भएकाे थियाे ।  १२ वर्ष मुनिका बालबालिकाहरुको लागि भने ३ किमी हुने । यसपटकको दौडमा नेपाल भरीका धावक धाविकाको साथमा हङकङबाट ४, बङ्गलादेशबाट ३, अफ्रिकन नागरिक १ र मलेसियाबाट २ जनालेसमेत दौडमा भागलिने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा सहभागि हुने धावक धाविकाहरुलाई प्रोत्साहन दिन क्यान्सर रोगलाई जितेर अहिले स्वास्थ्य जीवन विताइरहेका युके निवासी पाण्डव महतोले समेत दौडमा भाग लिएका थिए । 

 सँगै मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले समेत सहभागिता जनाएकी छन ।धरान उपमहानगरपालिका मेयर तिलक राई,  उपमेयर मञ्जु भण्डारी,  क्षेत्रिय ट्राफिक प्रमुख एसपी भीम दाहाल, डिएसपी ढुण्डीराज न्याैपाने पनि सहभागी थिए ।