धरान /  कोरोना भाइरस विरुद्धको खोपको आपतकालीन स्थिति र परीक्षणका लागि आगामी अप्रिलसम्म तयार भइसक्ने चिनिया अधिकारीहरुले बताएका छन् ।
कोभिड १९ सँग लडने खोपको विकासका लागि चीनका आठ संस्थाहरुले विविध पाँच पक्षमा काम गरिरहेको कुरा चीनिया सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।
‘ हाम्रो अनुमान अनुसार आगामी अप्रिल महिनासम्ममा खोपको परीक्षण अनुसन्धानमा प्रवेश गर्नेछौं र आपतकालीन अवस्थाका लागि प्रयोगमा आउनसक्ने गरी गर्ने छौं । ’राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान प्रविधि विकास केन्द्रका निर्देशक चेङ्ग चोङ्गवेईले बताएका छन् । उनको पनि भनाई अरु विशेषज्ञ झैं सार्वजनिक रुपमा वितरणका लागि १२ देखि १८ महिना लाग्ने बताउँछन् ।
यता अमेरिकामा गत हप्ता मोडर्ना थेरापिउटिक्सले स्वयमसेवकमा पहिलो प्रयोगात्मक खोप दिएपछि अब अगाडि बढ्ने सोच बनाइसकेको छ । पहिला सार्स कोभ २ बाट संक्रमित नभएका ४५ वर्ष उमेर समूहकालाई खोप दिईसकेपछि त्यो प्रतिरोधी प्रणालीलाई बलियो बनाउने काम गर्छ कि गर्दैन भनी बैज्ञानिकहरु परीक्षणका लागि तयार छन् । परीक्षण सफल भएमा लाखौं करौंडौ मागको आपूर्तिका लागि खोप तयार गर्न काम शुरु पनि गरिसकेको मोडर्ना थेरापिउटिक्सका डाक्टर स्टेफेन हग बताउँछन् । मोडर्नाले विगतको भन्दा फरक शैलीबाट विकास गर्ने खोपमा भाइरस जिनोमको जेनेटिक स्वरुप आरएनएको प्रयोग हुने र सुईमार्फत मानवमा दिएपछि प्रतिरोधी कोषहरुले त्यसबाट उत्पन्न हुने प्रकियालाई पहिचान गर्छ र उक्त भाइरसलाई नष्ट गर्छ भन्ने विश्वास गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै विश्वका विभिन्न औषधी कम्पनीहरु यतिबेला खोपको विकास गर्न लागि परेका छन् । त्यसरी लाग्ने कम्पनीहरु निम्नानुसार छन्
कम्पनी :  बायोएनटेक एसई र पीफाइजर इन्क
प्रकार : खोप
अवस्था : परीक्षणरत
नाम : बीएनटी १६२
गत मार्च १७ मा उक्त कम्पनीले कोभिड १९ को खोप तत्व पत्ता लगाउने घोषणा ग¥यो । उक्त कम्पनीले गत अप्रिलमा खोप तत्वको प्रयोगशाला परीक्षणको योजना जर्मन र अमेरिकामा गर्ने बनायो र चिनको सांघाई फोसन फर्मास्युटिकल्स ग्रुप कम्पनी लिमिटेडस“गको साझेदारीमा परीक्षण गरिरहेका छन् ।
कम्पनी : गिलिड साइन्सेस इन्क.
प्रकार : खोप
नाम : रेमडेसिभिर
कम्पनी : ग्लाक्सोस्मिथक्लाइन
प्रकार : खोप
नाम : एएसओ३
कम्पनी : हिट बायोलोजिक्स इन्क.
प्रकार : खोप
कम्पनी ः इनोभियो फर्मासिउटिकल्स इन्क.
प्रकार : डिएन ए मा आधारित खोप
नाम : आइएनओ ४८००
कम्पनी : जोन्सन एण्ड जोन्सन
प्रकार : खोप
नाम : टिबिडि ( कम्पनीका प्रवक्ताले हामी खोप तत्वको पहिचान गर्न लागि परिरहेका छौं र अहिलेसम्म यही नाममा विकास गर्ने भन्ने नभएको बताएका छन् ।)
कम्पनी : मोडर्ना इन्क.
प्रकार: आरएनएमा आधारित खोप
नाम : एमआरएनए १२७३
मेडर्ना इन्क.ले सन २०२१ को जनवरीभित्र परीक्षण सक्ने लक्ष राखेको छ ।
यसैगरी कम्पनीहरु नोभाभाक्स इन्क, रिजेनेरोन फर्मासिउटिकल्स इन्क., सानोफी र रिजेनेरोन फर्मासिउटिकल्स इन्क को केभजारा भन्ने खोपको नाममा, रोच होल्डिङ्ग एजि ले एक्टिमरा नाममा , सानोफी एक्लै र टाकेदा फर्मासिउटिकल्स कम्पनी लिमिटेडले टिएके ८८८ नाममा परीक्षण गरिरहेका छन् । यी सबै अमेरिकास्थित कम्पनीहरु हुन् ।
त्यस्तै कम्पनीहरु भाक्सार्ट इन्क., भिर बायोटेक्नोलोजी इन्क. लगायतका कम्पनीहरु खोपको विकासमा लागि परिरहेका छन् । त्यसमध्य दुई तीन वटा कम्पनीहरुको परीक्षण चरण तीनसम्म पु¥याएका छन् ।

 

 

 

 

¬